Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

भारतिय बजारमा इन्धनको मूल्य बृद्धि नेपाल आयल निगम घाटामा!

loading views..

काठमाडौं।  भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आज सोमवार (मार्च १) देखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो। आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ।

भारतीय आयल कर्पोरेसनलेले पठाएको मूल्यसूची अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ। जस अनुसार नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको छ। यधपि नेपाल आयल निगमले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड नोक्सान

अहिले कायम भएको स्वचालित मूल्य प्रणाली अनुसार निगम व्यवस्थापनले प्रति १५ दिनमा एकपटक मात्रै मूल्य समायोजन गर्न पाउँछ। सो अवधिका लागि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढाउन पाउँछ।

निगमले यो मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रुपैयाँ भन्दा नोक्सान हुने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड रुपैयाँ नोक्सान हुने बताए।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०‍.०६ रुपैयाँ, डिजेलमा ८.२२ रुपैयाँ, मट्टितेल नोक्सान हुन्छ । आन्तरिक हवाई उडानको इन्धन बिक्रीमा पनि यसपटक नोक्सानको अवस्थामा पुगेको छ। अहिलेकै मूल्यमा बिक्री गर्दा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १.९३ रुपैयाँ नोक्सान रहेको निगमको भनाई छ। खाना पकाउने ग्यासको कोक्सान बढेर प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा पुगेको निगमको भनाई छ।

अहिले मट्टितेल र बाह्य हवाई उडानमा प्रयोग हुने इन्धनको बिक्रीमा भने नाफाको अवस्था छ। मट्टितेलमा १७.४२ रुपैयाँ नाफा छ भने बाह्य हवाई इन्धनमा ३१.६४ रुपैयाँ नाफा रहेको निगमको भनाई छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्