Skip to content
Pokharapress Logo
२६ फाल्गुन २०८२, मंगलवार

कागजमै सीमित ओलीको ‘समृद्ध नेपाल’को रटान

loading views..

काठमाडौं, २९ साउन ।प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि कागजमा मात्रै रमाउने आफ्नो पुरानो बानी दोहोर्याएका छन्। चालु आर्थिक वर्षका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा फेरि एक पटक रङ लगाइदिएका छन्।

सिंहदरबारमा गरिएको यो सम्झौता कार्यक्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र आगामी वर्षको योजना पनि प्रस्तुत गरियो। तर विगतका सम्झौताजस्तै यसपालि पनि यस्ता कागजी प्रतिवद्धता वास्तविक कार्यान्वयनमा पुग्ने कि नपुग्ने भन्नेमा शंका बाक्लै छ।

ओलीकै अघिल्लो कार्यकालमा सुरु भएको कार्यसम्पादन सम्झौताले जनताले प्रत्यक्ष अनुभूति गर्नसक्ने उपलब्धि भन्दा बढी राजनीतिक भाषण र प्रचारमै जीवन बिताएको आलोचना हुँदै आएको छ। मन्त्रीहरुले प्रधानमन्त्रीसँग सम्झौता गरे पनि, मन्त्रीहरूले आफ्ना सचिवहरुसँग सम्झौता गर्दा परिणामको ग्यारेन्टी अझै अनिश्चित नै देखिन्छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्