Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

ओलीको चीन यात्रा, भारत र जापानसँग कूटनीतिक सन्तुलनको खेल

loading views..
Nepal Telcome

काठमाडौं,३० साउन । राष्ट्रपति रामचन्द्र पौडेलले जापानसँगको सम्बन्धलाई ध्यानमा राखी चीनको सैन्य विजय परेडमा सहभागी नहुने निर्णयपछि, प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४–१८ मा चीनको तियान्जिनमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।

चिनियाँ पक्षले मूलतः राष्ट्रपतिलाई बेइजिङमा १८ भदौमा आयोजना हुने सैन्य परेडमा निमन्त्रणा गरेको थियो। तर जापान नेपालको प्रमुख सहयोगी भएकाले, जापानी सेनाविरुद्धको चिनियाँ विजय उत्सवमा उच्चस्तरीय सहभागिता कूटनीतिक दृष्टिले संवेदनशील हुने आन्तरिक मूल्यांकनपछि राष्ट्रपति पौडेलले अस्वीकार गरेका हुन्।

प्रधानमन्त्री ओलीको भ्रमणमा १८ भदौमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट, बेइजिङमा हुने दिवाभोजमा सहभागिता, साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका शीर्ष नेतासँग भेटवार्ता हुने तय छ। परराष्ट्र मन्त्रालयले यसलाई नेपालका लागि महत्त्वपूर्ण बहुपक्षीय कूटनीतिक अवसरका रूपमा लिएको छ।

यसैबीच, भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउनेछन्। उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटेर मोदीको नेपाल भ्रमण निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्।

प्रधानमन्त्री ओली ३१ भदौमा भारत भ्रमणमा जाने तय भइसकेको छ,

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link