Skip to content
Pokharapress Logo
२६ असार २०८३, शुक्रबार

गोरखाले जित्यो गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि

loading views..
Nepal Telcome

पोखरा,६भाद्र।एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पार्‍यो ।
कास्कीले दोस्रो र पर्वतले तेस्रो स्थान हासिल गरे । दोस्रो हुने कास्कीले ३३ हजार ३३३ र तेस्रो हुने पर्वतले २२ हजार २२२ रुपैयाँ प्राप्त गरे । बागलुङ र स्याङ्जा सान्त्वना बने । उनीहरुले समान ११ हजार १११ हजार रुपैयाँ पाए । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका जिल्लाले सहभागिता जनाएका थिए ।  म्याग्दी, तनहुँ र नवलपुरका सहभागी नृत्य र भेषभुषातर्फ उत्कृष्ट बने । उनीहरुले सारी पुरस्कार पाए । पुरस्कृतलाई गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठ, पब्लिक टेलिभिजनका अध्यक्ष सविन भट्टले नगद र प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा टेलिभिजनले पोखरा महानगरपालिका—१६ का गन्धर्व आमा समूहलाई मौलिक तीज गीत संरक्षणमा योगदान दिएको भन्दै नगद २५ हजारसहित सम्मान गरेको छ । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगदसहित सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की, सरला पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति दिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठले प्रदेश समुन्नत बनाउने आधार कृषि भएकाले कृषिलाई पर्यटकसँग जोड्न सकिएमात्रै प्रदेश समुन्नत हुने बताइन् । गीतमा समावेश भएका विषयवस्तु सचेतना फैलाउने खालेको भएको जिसीले उल्लेख गरिन् । आगामी दिनमा सचेतना फैलाउने र महिला शसक्तिकरणको कार्यक्रम अघि बढाउने उनले प्रतिवद्धता जनाइन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link