Skip to content
Pokharapress Logo
११ जेष्ठ २०८३, सोमबार

गौर प्रकरणको मुद्दा माओवादीमाथि प्रहार: प्रचण्डको आरोप

loading views..
Nepal Telcome

पोखरा,६ भाद्र।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्डको फाइल खोल्ने र मुद्दा चलाउने प्रयास माओवादी आन्दोलनलाई कमजोर पार्ने रणनीतिअन्तर्गत भइरहेको दाबी गरेका छन्।

हालै सर्वोच्च अदालतले गौर घटनाको प्रतिवेदन सार्वजनिक गर्न र अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। यस अनुसार तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुने भएको छ। तर प्रचण्डले यो प्रक्रियाको वास्तविक उद्देश्य उपेन्द्र यादव नभई माओवादी आन्दोलनलाई निशाना बनाउने रहेको बताएका छन्।

उनले भने, “हेर्दा उपेन्द्र यादवलाई मुद्दा लगाएको देखिन्छ, तर प्रहार माओवादीमाथि हो। कुलमानलाई हटाएको देखियो, तर लक्ष्य माओवादी थियो। अहिले पनि माओवादी आन्दोलनलाई सिध्याउने खेल चलिरहेको छ।”

२०६३ सालमा गौरस्थित राइस मिलमा माओवादी सभामा मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा २७ जनाको ज्यान गएको घटनालाई लिएर यो फाइल पुनः सक्रिय भएको हो। प्रचण्डले कांग्रेस र एमाले समेत माओवादीलाई कमजोर बनाउने उद्देश्यले कदम चालिरहेको आरोप लगाउँदै नेता–कार्यकर्तालाई सचेत रहन निर्देशन दिएका छन्।

उनले थपे, “जसको टाउकोको मूल्य तोकेर काटेर झोलामा ल्याऊ भनेका थिए, आज त्यही टाउको हाम्रो विरुद्धमा प्रयोग भइरहेको छ। माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्नेहरूको योजनाविरुद्ध हामी तयार हुनुपर्छ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link