Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

कास्की पोखरा समाज जापानद्वारा हरितालिका तीजको भव्य दर खाने कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

टोकियो, (जापान ) ,९ भाद्र। कास्की पोखरा समाज जापानले हरितालिका तीजको पावन अवसरमा भव्य दर खाने कार्यक्रम आयोजना गर्दै आफ्नो सांस्कृतिक एवं सामाजिक एकताको सन्देश प्रवाह गरेको छ। करिब १८० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष अन्जु भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभयो। कार्यक्रम संयोजक सुनिता बन्जराले समन्वय गर्नु भयो भने सभापतित्व देबी कार्कीले गरिमामय रूपमा गर्नु भएको थियो।

कार्यक्रमका दौरान, एनआरएनए जापानका उपाध्यक्ष अन्जु भण्डारी, समाजसेवी सङ्गिता सुवेदी अधिकारी, एनआरएन अभियन्ता सिद्धार्थ श्रेष्ठ, तथा नेपाली महिला समुदायकी प्रतिनिधि इन्दिरा सुजुकीले आफ्नो मन्तव्यमार्फत नेपाली सांस्कृतिक पहिचान र समृद्धिको प्रतीकको रूपमा तीजको महत्वलाई उजागर गर्नुभयो।

यसैगरी, तीज फोटो प्रतियोगितामा सरस्वति अधिकारी प्रथम, निसा मगर द्वितीय, लक्ष्मी मगर तृतीय र जोया बास्तोलाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। नेपालमा बस्ने विजेताहरुलाई संस्थाका प्रतिनिधिहरूले स्वयम् उपस्थित भई पुरस्कार वितरण गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको सांगीतिक वातावरण स्थानीय कलाकार आरके बसौला र माधव चापागाईंको विशेष प्रस्तुति मार्फत सिर्जनात्मक र भावपूर्ण बनाइएको थियो। त्यस्तै, Tokyo University को कृषी संकायमा अध्ययनरत स्वस्तिका पौडेललाई समाजको उज्जवल भविष्यको प्रतीकको रूपमा सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य तारा तिवारीले प्रस्तुत गर्नुभयो भने, सञ्चालन महासचिव जीवन पोखरेल (कञ्चन)ले गर्नुभयको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link