Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

इन्जिनियर सुजित कोइरालाद्वारा सिडेनको केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

loading views..
Nepal Telcome

पोखरा,१०भाद्र।

आगामी भाद्र १४ गते हुने नेपाल प्रजातान्त्रिक इन्जिनियरहरू संघ (सिडेन) को ८औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा कोइरालाको उम्मेदवारी रबि भूषण झाको प्यानलबाट इन्जिनियर सुजित कोइरालाले केन्द्रीय कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

​यसअघि सिडेनको छैटौँ कार्यसमितिमा केन्द्रीय सदस्यका रूपमा सेवा गरिसक्नुभएका कोइराला, २०७३ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, पश्चिमाञ्चल क्याम्पस (WRC) बाट सभापतिका उम्मेदवार थिए। उनकै नेतृत्वमा नेवि संघ WRC ले क्याम्पसमा पहिलो संगठन बन्न सफल भएको थियो।

​उनका सहकर्मी तथा शुभचिन्तकहरूले कोइरालाको अनुभव र नेतृत्व क्षमताको प्रशंसा गर्दै, आसन्न निर्वाचनमा उनको  समूहलाई अमूल्य मत दिएर विजयी गराउन सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरूलाई हार्दिक अपिल गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link