Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

चीनमा दोस्रो विश्वयुद्ध विजयको ८०औँ वार्षिकोत्सवको सम्झना

loading views..
Nepal Telcome

काठमाडौं, १३ भाद्र। चीनको परराष्ट्र मन्त्रालय सह–सचिव होङ्ग लेइले चीनमा “चीनी जनताको जापानविरुद्धको युद्ध तथा विश्व फासीवादविरुद्धको युद्धको विजय ८०औँ वार्षिकोत्सव” को अवसरमा आयोजित स्मारक कार्यक्रमको तयारी प्रगतिबारे पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

होङ्गले बताए अनुसार, उक्त कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका राष्ट्राध्यक्ष किम जोङ–उन लगायत ३२ जना विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख, उप–प्रधानमन्त्री, उच्चस्तरीय प्रतिनिधि, अन्तर्राष्ट्रिय संगठनका प्रमुख, पूर्व नेतागण र अन्तर्राष्ट्रिय मित्रहरू सहभागी हुनेछन्। उनले अतिथिहरूको उच्चस्तरीय, प्रतिनिधित्वशाली र सहभागिता व्यापक रहेको उल्लेख गर्दै चीनले सबै अतिथिहरूलाई हार्दिक स्वागत गरेको बताए।

सह–सचिव होङ्गले वर्तमान विश्व परिस्थितिलाई चुनौतीपूर्ण रहेको र शान्तिको आवश्यकता अझै बढ्दो अवस्थामा रहेको भन्दै, चीनले अन्य देशका जनतासँग मिलेर दोस्रो विश्वयुद्धको विजयको उपलब्धिहरूको रक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याए। उनले संयुक्त राष्ट्रसंघको नेतृत्वमा अन्तर्राष्ट्रिय प्रणाली र कानूनको आधारमा शान्ति कायम राख्ने र मानविय भाग्यको साझा समुदाय निर्माणमा हातेमालो गर्ने चीनको दृढ अठोट व्यक्त गरे।

पत्रकार सम्मेलनमा होङ्गले चीनको शान्तिपूर्ण विकास, चीन–रुस तथा चीन–उत्तर कोरिया सम्बन्ध, जापानसँग सम्बन्धित ऐतिहासिक विषयहरू लगायत मिडियाका प्रश्नहरूको जवाफ दिएका छन्।

चीनले मानवीय मूल्य, शान्ति र विकासको मार्गमा आफ्नो प्रतिबद्धता दृढ राख्दै अन्तर्राष्ट्रिय मित्रहरूसँग सधैं सहकार्य गर्न चाहेको बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link