Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

अब मोबाइल बैंकिङबाट प्रतिदिन रु. २ लाखसम्म लेनदेन गर्न सकिने

loading views..

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय माध्यमबाट हुने रकम लेनदेनको सीमा दोब्बर बनाएको छ।

केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट हुने नगद लेनदेनको सीमा बढाइएको जानकारी गराएको हो। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७७ को अ.प्रा. निर्देशन नं. ५/०७७ को बुँदा नं. १ का १.२ मा संशोधन गर्दै विद्युती माध्यमबाट हुने नगद लेनदेनको सीमा बढाएको छ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र अकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ। जसअनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रुपैयाँसम्म रकम लेनदेन गर्न सकिनेछ। यसअघि राष्ट्र बैंकले मोबाइल अधिकतम सीमा प्रतिदिन १ लाख रुपैयाँसम्म लेनदेन गर्न सकिने व्यवस्था गरेको थियो।

त्यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र अकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ। यसअघि इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) र इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) प्रतिदिन १० लाख रुपैयाँ रुपैयाँसम्म लेनदेन गर्न सकिने व्यवस्था थियो।

परिपत्रमा कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागू नहुने प्रस्ट पारिएको छ।

यसैगरी नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्कजस्ता शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने परिपत्रमा उल्लेख छ। विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि परिपत्रमा सीमा तोकिएको छैन।

शिक्षण संस्था, स्वास्थ्य संस्था (अस्पताल/नर्सिङ होम र डाइगोनस्टिक सेन्टर), हवाई सेवा, यातायात र होटल तथा रेस्टुरेन्ट कारोबारमा पनि राष्ट्र बैंकले सीमा लगाएको छैन। धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबारबापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पनि परिपत्रमा सीमा तोकिएको छैन।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्