Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

न्यूनचापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार, भीषण वर्षा अब नहुने

loading views..
Nepal Telcome

काठमाडौं,२० असोज ।नेपालमा निरन्तर वर्षा गराउँदै आएको न्यूनचापीय मौसम प्रणाली देशबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो जारी विज्ञप्तिमा मनसुन कमजोर भई देशभरको मौसममा सुधार आएको जानकारी दिएकी हुन्।

उनका अनुसार मनसुन पूर्ण रूपमा बाहिरिएको नभए पनि अब बितेका दुई दिनजस्तो लगातार र भीषण वर्षा नहुने आकलन गरिएको छ। “न्यूनचापीय प्रणाली नेपालबाट बहिर्गमन भइसकेको र मनसुन कमजोर बनेको भए पनि मनसुन अन्त्य भइनसकेको छैन,” विज्ञप्तिमा भनिएको छ, “यस विभागले देशभरको मौसम र बाढीको सम्भावित अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ।”

विभागले अद्यावधिक पूर्वसूचना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर (११५५) र एसएमएस सेवामार्फत प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यसअघि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय बनेको थियो। यस अवधिमा मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशमा मध्यमदेखि अतिभारी वर्षा भएको विभागले जनाएको छ।

मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष करिब १५ दिनअघि प्रवेश गरेको थियो। मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) भए पनि यसपटक ढिलाइ भएको विभागले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link