Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

खरेल मोबाइल पसल चोरी प्रकरण : सामानसहित अभियुक्त पक्राउ

loading views..
Nepal Telcome

पोखरा,२० असोज। पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले सञ्चालन गर्दै आएको महेन्द्रपुलस्थित खरेल मोबाइल पसलमा भएको चोरी प्रकरणको अभियुक्त पक्राउ परेका छन्।

दशैंको टीकाको दिन अर्थात् मिति २०८२ असोज १६ गते दिउँसो करिब २ बजे पसल चोरी भएको थियो। प्रहरीले अनुसन्धान तीव्र पारेको घटनामा मिति २०८२ असोज १९ गते बेलुका ७:१२ बजे चोरी गर्ने व्यक्ति चोरीका सामानसहित पक्राउ परेको संघले जनाएको छ।

संघले घटनाको दौरान सहयोग र सद्भाव प्रकट गर्ने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link