Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

नेपालको विजयी सुरुआत: कुवेत ५८ रनले पराजित

loading views..
Nepal Telcome

पोखरा,२२असोज। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ।

ओमनमा बुधबार सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल बनायो।

नेपालका ओपनर कुशल भुर्तेलले संयमित ब्याटिङ गर्दै ५६ बलमा ६६ रन बनाए भने गुल्सन झाले ६ बलमा आक्रमक २० रन जोडे। कप्तान रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले १९ रन योगदान गरे। कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २–२ विकेट लिए।

१४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमै ८३ रनमा समेटियो। कुवेतका क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे — कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, र ललित राजवंशीले २–२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट झारे।

यस विजयसँगै नेपालले समूह चरणमा बलियो सुरुआत गरेको छ। अब नेपालले आफ्नो दोस्रो र अन्तिम समूह चरणको खेल शुक्रबार जापानसँग खेल्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link