Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

तानाशाही शैलीमा ओली : ‘नेपालका निकोलस चाउसेस्कु’ ?

म नै सर्वेसर्वा हुँ’ भन्ने ओलीमा अहंकार हावी

loading views..
Nepal Telcome

काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फेरि विवादको केन्द्रमा उभिएका छन् । यसपटक केवल पार्टीभित्रको असहमतिको कारण मात्र होइन, उनीमाथि लागेको तानाशाही प्रवृत्तिको आरोपका कारण पनि। राजनीतिक वृत्तमा अहिले उनीलाई “नेपालका निकोलस चाउसेस्कु” सँग तुलना गर्न थालिएको छ।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा स्वयं सहभागी नहुने घोषणा गरेपछि बैठकमै तनाब चुलिएको थियो।
उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ओलीको निर्णयमाथि प्रतिवाद गर्दै त्यसलाई “एकल तानाशाही सोचको प्रदर्शन” भनेपछि बैठक केही बेर अव्यवस्थितसमेत बनेको थियो।

राजनीतिक विश्लेषकहरू भन्छन् 
 “ओली अहिले त्यही बाटोमा हिँडिरहेका छन् जुन बाटोमा रोमानियाका तानाशाह निकोलस चाउसेस्कु हिँडेका थिए जहाँ सल्लाह सुन्ने कान बन्द हुन्छ र केवल ‘म नै सर्वेसर्वा हुँ’ भन्ने अहंकार हावी हुन्छ।”

रोमानियाका तानाशाह चाउसेस्कु जसरी सत्तामा रहँदा जनताको आवाज दबाए, पार्टीभित्रको असन्तुष्टिलाई कुल्चिए, सामाजिक स्वतन्त्रतामाथि नियन्त्रण गरे र अन्ततः आफ्नै अहंकारका कारण पतन भोगे
तेस्तै शैलीमा ओली पनि अहिले व्यापक भ्रष्टाचार, जनगुनासो र असहिष्णु शासन शैलीका कारण आलोचनाको केन्द्रमा परेका छन्।

ओली सरकारकालमा सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको प्रयास, विपक्षप्रतिको तुच्छ व्यवहार, र पार्टीभित्रको आलोचनालाई दमन गर्ने नीतिले उनको चरित्रलाई अझ उदाङ्गो र तानाशाही बनाइरहेको टिप्पणी गरिन्छ।

यता, पार्टीभित्र बढ्दो असन्तुष्टि, युवा नेताहरूको असहमति र ओलीप्रतिको आक्रोशले एमालेलाई अहिले उथलपुथलको भुमरीमा फसाएको छ।
तर ओली भने अझै पनि आफू “अपरिहार्य नेता” हुँ भन्ने दाबी दोहोर्‍यारहेका  छन्
मानौं, नेपालका खड्ग ओलीले पनि निकोलस चाउसेस्कु ले झै आफ्नो युग अझै समाप्त भएको स्वीकार गर्न तयार छैनन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link