Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ईश्वर पोखरेल पक्षलाई एमालेमा बोल्न प्रतिबन्ध

loading views..
Nepal Telcome

पोखरा। एमालेको एघारौं महाधिवेशनमा विगतभन्दा फरक परिदृश्य देखियो। विगतका सबै कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले कार्यक्रमको सञ्चालन गर्थे। तर, यसपटक त्यस्तो भएन।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गरे, महासचिव शंकर पोखरेलले स्वागत मन्तव्य राखे भने उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गरे।

सामान्य परम्पराअनुसार ओलीले अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत मन्तव्य र महासचिव शंकर पोखरेलले कार्यक्रम सञ्चालन गर्नुपर्थ्यो। तर, ईश्वर पोखरेललाई स्वागत मन्तव्य रोक्न ओलीले नौलो अभ्यास गरे।

यसलाई ईश्वर पोखरेलहरूले अस्वाभाविक निर्णयका रूपमा लिएको एक नेताले बताए। ‘ओलीसँग प्रतिस्पर्धा गर्न खोजेकै आधारमा यो हदसम्मको पूर्वाग्रह र निषेधको राजनीति होलाजस्तो लागेको थिएन, तर भयो’ उनले भने, ‘एमालेभित्र आन्तरिक लोकतन्त्रको कुनै गुञ्जायस नै छैन। प्रतिस्पर्धीलाई अपमान गर्ने, निषेध गर्ने, ह्युमिलेट गर्ने, थर्काउने, धम्काउने गतिविधि सामान्यजस्तै हुँदैछ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link