Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

सेयर बजारमा हरियाली, निफ्राको सेयर एक्कासी बृद्धि

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर सर्किट लेभलमा कारोवार भएको छ। बुधबार ५ सय ८ मा झरेको शेयर मूल्य ५० रुपैयाँले बढेर आज ५ सय ५८ पुगेपछि सर्किट लेभल छोएको हो। अहिले ९.८४ प्रतिशतले वृद्धि भएर कम्पनीको सेयर कारोवार भइरहेको छ। शेयर बजारमा कुनै पनि कम्पनीको शेयर एकैदिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाउँदैन।

सातामा कारोवार हुने अन्तिम दिन बिहीवार ५ सय ८ बाट शुरू भएको कारोवार बजार बन्द हुनुभन्दा ४५ मिनेट अगाडि दिउँसो सवा २ बजे सर्किट लेभलमा पुगेको हो। ३ सय ४० बाट दोस्रो बजारमा शुरू भएको कारोवार ७ सय २६ पुगेपछि निरन्तर घट्ने क्रममा थियो।

पछिल्ला केही दिन बेस्सरी घटेको सेयर बजार बिहीबार लयमा फर्किएको छ। सरकार र विप्लप नेकपाबीच शान्ति प्रक्रियामा आउन सहमति भएपछि बजारमा थप उत्साह देखिएको हो। विप्लप समूह लामो समयदेखि हिंसात्मक राजनीतिमा लागेको थियो। अब यो समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा फर्किने घोषणा गरेको छ।

यसबाट बिहीबार सेयर बजारले थप सकारात्मक सन्देश दिएको अनुमान गरिएको छ। यसबाहेक निरन्तरजसो घट्दा बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ। भाउ सस्तो हुँदा पनि लगानीकर्ताको आकर्षण बढेको हो। गत ६ करोबार दिनमा लगातार घट्दै आएको नेप्से सूचक बिहीबार बजार खुलेदेखिनै सकारात्मक देखिएको थियो। बजार खुलेको दुई घण्टामा नै शेयर बजार ७१ अंकले बढिसकेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link