Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

नेपालमा इन्टरनेट शुल्क घट्ने

loading views..
Nepal Telcome

पोखरा। सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवा प्रयोगबाट लिदै आएको इन्टरनेट शुल्कलाई घटाउने तयारी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार सूचना प्रविधि मन्त्रालयले यसबारे अवश्यक छलफल र तयारी गरिरहेको छ ।

बिहिबार दूरसञ्चार प्राधिकरणको २३ औं बार्षिक उत्सबमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले इन्टरनेट शुल्क घटाउने बताए ।

आगामी आर्थिक बर्षको बजेट मार्फत दूरसञ्चार क्षेत्रमा लाग्दै आएको करलाई हेरफेर गरी उपभोक्ताले तिर्दै आएको इन्टरनेट शुल्क घटाइने मन्त्री गुरुङको भनाई छ ।

‘अन्तराष्ट्रिय व्यान्डवीथको शुल्क बर्षेनी घट्दै जाने तर नेपालको इन्टरनेट शुल्क बढ्दै जाने देखिएको छ’ उनले भने ‘इन्टरनेट सेवाप्रदायकहरुसँगको छलफलपछि इन्टरनेट शुल्क सस्तो बनाइने छ ।’

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको अवधारणालाई साकार पार्न र उपभोत्तालाई भार नपर्ने गरी इनटरनेट सेवाको मुल्य समायोजन हुने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link