Skip to content
Pokharapress Logo
२६ बैशाख २०८३, शनिबार

निरन्तर चौथो पटक सफलता : नेपाली विषयमा उच्च सिकाइ उपलब्धि हासिल गर्ने शिक्षिका सम्मानित

विद्यार्थी, शिक्षक तथा अभिभावकबीचको सहकार्यको प्रतिफल

loading views..
Nepal Telcome

पोखरा । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) मा नेपाली विषयतर्फ उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउन सफल एक शिक्षिकालाई निरन्तर चौथो पटक सम्मान गरिएको छ।
श.ल.गा.पा. भित्रका विद्यालयहरूमध्ये नेपाली विषयमा उच्च सिकाइ उपलब्धि दिलाउन सफल भएपछि सम्बन्धित शिक्षिकालाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै शिक्षिकाले आफ्ना विद्यार्थीहरूको मेहनत र लगनशीलताप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो सफलता मेरो मात्र नभई मेरा प्यारा विद्यार्थी भाइबहिनीहरूको निरन्तर मेहनत, धैर्य र सपनाको जित हो। उनीहरूको लगनशीलताकै कारण यो उपलब्धि सम्भव भएको हो।”
उक्त अवसरमा उहाँले सम्मान प्रदान गर्ने शिक्षा शाखाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। निरन्तर चौथो पटक प्राप्त भएको यो उपलब्धिले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको उहाँको भनाइ छ।
उहाँका अनुसार विद्यार्थी, शिक्षक तथा अभिभावकबीचको सहकार्य, नियमित अध्यापन र सिकाइप्रति समर्पित प्रयासकै प्रतिफलस्वरूप यो सफलता सम्भव भएको हो।
उच्च GPA ल्याएर पालिकाबाट शैक्षिक सफलताका लागि पुरस्कृत हुँदाको क्षण आफ्नो जीवनको अत्यन्त गर्विलो र अविस्मरणीय पल बनेको शिक्षिकाले बताउनुभयो।
यस उपलब्धिले आगामी दिनमा पनि गुणस्तरीय शिक्षाका लागि अझ बढी प्रेरणा र आत्मविश्वास प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link