Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

loading views..
Nepal Telcome

काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले सरकारको सिफारिसका आधारमा संघीय संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अधिवेशन आह्वान गरिएको हो।
मन्त्रिपरिषद्ले आगामी चैत १९ गते संघीय संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेका हुन्।
सरकारले समसामयिक राजनीतिक तथा विधेयक सम्बन्धी विषयहरू छलफलका लागि संसद् अधिवेशन बोलाएको जनाएको छ। अब बस्ने अधिवेशनमा विभिन्न विधेयक, नीति तथा समसामयिक राष्ट्रिय मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link