Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

अमेरिका–इरान वार्ता निष्कर्ष विहीन, तनाव थप चर्किने संकेत

loading views..
Nepal Telcome

पोखरा। अमेरिका र इरानबीच भएको उच्चस्तरीय वार्ता सहमतिविना टुंगिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन।
शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म चलेको छलफल अपेक्षाअनुसार अघि बढ्न नसकेको उनले पत्रकार सम्मेलनमार्फत बताएका हुन्। अमेरिका इरानबाट परमाणु हतियार विकास नगर्ने स्पष्ट, लिखित र विश्वसनीय प्रतिबद्धता चाहन्छ, तर इरान त्यसमा तयार नदेखिएको भान्सको भनाइ छ।
“मुख्य सर्तहरूमा सहमति भएन, विशेषगरी परमाणु कार्यक्रमको विषयमा,” उनले भने। अमेरिकाको प्राथमिकता इरानलाई परमाणु हतियार विकासबाट रोक्नु रहेको स्पष्ट पार्दै उनले आगामी रणनीतिबारे भने मौनता अपनाए।
वार्ता विफल भएसँगै अस्थायी युद्धविरामको भविष्य अन्योलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसले मध्यपूर्वमा तनाव अझ बढ्ने संकेत देखिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link