Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

अध्यादेशमार्फत शासन: कांग्रेसको कडा प्रहार “लोकतन्त्र र संसदीय पद्धतिमाथि उपहास”

loading views..
Nepal Telcome

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा हालै ल्याइएका अध्यादेशप्रति कडा आपत्ति जनाउँदै यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय पद्धतिमाथिको खुला उपहास भनेको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर चुनौती भएको उल्लेख गरिएको छ। “संसदीय सर्वोच्चतालाई लत्याएर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति विधिको शासनमाथिको उपहास मात्र होइन, जनताको अपमान पनि हो,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले स्पष्ट बहुमत हुँदाहुँदै पनि आफ्नै सांसदप्रति विश्वास गर्न नसक्नु सरकारको राजनीतिक कमजोरी भएको टिप्पणी गरेको छ। महामन्त्री पौडेलले सरकार आफ्नै दलका निर्वाचित प्रतिनिधिप्रति समेत उत्तरदायी नरहेको आरोप लगाउँदै लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा माथि कोही हुन नसक्ने चेतावनी दिएका छन्।
उनले संसदीय जवाफदेहितालाई सुदृढ बनाउन संसद् नै सर्वोच्च मञ्च भएको उल्लेख गर्दै तत्काल संसद् आह्वान गर्न सरकारसँग माग गरेका छन्।
कांग्रेसले अध्यादेश फिर्ता लिएर जननिर्वाचित संस्थामार्फत निर्णय अघि बढाउनुपर्नेमा जोड दिँदै पारदर्शी, उत्तरदायी र विधिसम्मत शासन प्रणाली कायम गर्न आग्रह गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link