Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

संसद छलेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति गगनको कडा आपत्ति

loading views..
Nepal Telcome

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि नागरिकलाई पहिले ढाँट्ने र अहिले हेप्ने काम गरेको आरोप लगाएका छन्।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले संसद छलेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाए। उनका अनुसार संसद अधिवेशन आह्वान गरेर बिनासूचना स्थगित गर्नु संसदको अवमूल्यन गर्ने कदम हो।

थापाले भने, “संसद अधिवेशन बोलाउने र अचानक स्थगित गर्नु भनेको संसदलाई हेप्नु हो। तयारी नपुगेर स्थगित गरिएको हो भनेर रास्वपाका सांसदहरूले नागरिकलाई ढाँटे।”

उनले सरकारसँग स्पष्ट रूपमा संसदमार्फत कानून निर्माण गर्न आग्रह गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाउने बताए।

थापाको यो अभिव्यक्तिसँगै संसद स्थगन र अध्यादेश प्रकरणलाई लिएर राजनीतिक बहस थप चर्किएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link