Skip to content
Pokharapress Logo
१० जेष्ठ २०८३, आईतवार

दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड!

loading views..
Nepal Telcome

पोखरा।चीनमा दुई जना पूर्व रक्षामन्त्री तथा भूतपूर्व वरिष्ठ सैन्य अधिकारीलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । वेइ फङ्ह र लि साङ्फुलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै सैन्य अदालतले ‘दुई वर्षे स्थगनसहितको मृत्युदण्ड’ दिएको छ ।

अदालतले वेइ फङ्हलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो भने लि साङ्फुलाई घुस लिने र दिने दुवै आरोपमा दोषी ठहर गरिएको जनाइएको छ । समाचार समिति सिन्ह्वाले घुसको रकम खुलाएको छैन।

उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गर्ने आदेश पनि छ। चिनियाँ कानुनअनुसार ‘दुई वर्षे स्थगनसहितको मृत्युदण्ड’ तत्काल कार्यान्वयन गरिँदैन। दोषीले थप गम्भीर अपराध नगरेमा सजायलाई पछि आजीवन काराबासमा रूपान्तरण गर्ने चलन पनि छ।

उक्त घटनालाई राष्ट्रपति सि जिनपिङ नेतृत्वको सरकारले डेढ दशकदेखि थालेको अथक भ्रष्टाचारविरुद्धको अभियानसँग जोडेर हेरिएको छ । पछिल्ला वर्षहरूमा भ्रष्टाचारविरोधी विशेष अभियान चिनियाँ सेना र उच्च सैन्य नेतृत्वतर्फ विशेष रूपमा लक्षित हुँदै आएको छ।

समाचार : सिन्ह्वा/साउथ चाइना मर्निङ पोष्ट ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link