काठमाडौं।पूर्वराष्ट्रपति अचानक गुन्डु पुगेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सँग गरेको गोप्य भेटवार्ताले नेपाली राजनीति यतिबेला तरंगित बनेको छ ।पित्तथैलीको अप्रेशनपछि सार्वजनिक कार्यक्रममा देखिन छाडेका ओलीलाई भण्डारीले एक्लै भेटेको र भेटमा ‘सामान्य स्वास्थ्य अवस्था’ भन्दा धेरै गम्भीर राजनीतिक विषयमा छलफल भएको स्रोतहरूको दाबी छ ।
निर्वाचनमा अप्रत्याशित धक्का खाएपछि दबाबमा परेका ओली पछिल्ला दिनमा वाम एकताको पक्षमा असामान्य रूपमा नरम देखिन थालेका छन् । यता नेकपा संयोजक प्रतण्डसँग उनको गोप्य संवाद नियमितजस्तै भइरहेको चर्चा छ ।
स्रोतका अनुसार ओलीले “अब छुट्टाछुट्टै अस्तित्वले कम्युनिष्ट आन्दोलन जोगिँदैन” भन्दै एमाले र नेकपा दुवैको केन्द्रीय कमिटी भंग गरेर प्रत्यक्ष पार्टी एकतामा जान प्रस्ताव गरेका छन् ।
यता प्रचण्डले पनि सार्बजनिक मञ्चबाट ‘देशी–विदेशी शक्तिले वाम आन्दोलन समाप्त पार्न खोजेको’ अभिव्यक्ति दिन थालेपछि सत्ता समीकरणभित्र ठूलै पहलकदमी सुरु भएको अनुमान गरिएको छ ।
भण्डारी–ओली भेटलाई धेरैले सामान्य शिष्टाचार नभई ‘नयाँ वाम ध्रुवीकरणको गोप्य तयारी’ का रूपमा व्याख्या गर्न थालिएको छ।
काठमाडौं अहिले एउटै प्रश्नमा केन्द्रित छ
के नेपाल फेरि अर्को कम्युनिष्ट एकताको हुँदैछ?



