Skip to content
Pokharapress Logo
१० जेष्ठ २०८३, आईतवार

पालिका विवादले रास्वपामा भुइँचालो, बाराका सबै संगठनात्मक गतिविधि ठप्प

loading views..
Nepal Telcome

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद अब खुला संघर्षमा बदलिएको छ । बारा जिल्लामा पालिका तहदेखि चुलिएको शक्ति संघर्षले जिल्ला कमिटी नै विघटन भएपछि पार्टीले सबै संगठनात्मक कार्यक्रम स्थगित गर्नुपरेको छ ।
वैशाख २७ गते जिल्ला कमिटी विघटन गरेपछि रास्वपाभित्रको संकट झन् गहिरिएको देखिएको छ ।

वडा, पालिका र क्षेत्रीय तहमा बढेको अविश्वास, गुटबन्दी र नेतृत्व विवादका कारण पार्टी गतिविधि नै रोक्नुपर्ने अवस्था आएको हो ।

 

रास्वपा बारा संगठन निर्माण समितिले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ । आन्तरिक विवाद समाधानका लागि विस्तारित बैठक बोलाइए पनि विवाद मिल्नेभन्दा झन् चर्किने संकेत देखिएको स्रोतहरूको दाबी छ ।

“पुराना दलभन्दा फरक” दाबी गर्दै आएको रास्वपा अहिले आफ्नै संगठन जोगाउन संघर्षरत देखिएको छ । स्थानीय तहको विवाद केन्द्रसम्म पुगेपछि पार्टी नेतृत्वमाथि व्यवस्थापन क्षमताको गम्भीर प्रश्न उठ्न थालेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link