Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

गोर्खा भर्तीमा भारत-बेलायतबीच कूटनीतिक तनाव, बेलायतले नयाँ युनिट गठन गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा,१० असार।गोर्खा सैनिकको भर्तीलाई लिएर भारत र बेलायतबीच चलिरहेको भू-राजनीतिक तनावले फेरि चर्चा पाएको छ। भारततर्फ गोर्खा भर्ती ठप्प रहेकै बेला बेलायतले आफ्नो सेनामा नयाँ गोर्खा एकाइ गठन गर्ने घोषणा गरेको छ।

सन् १८१४–१६ को एग्लो-गोर्खा युद्धपछि बेलायती सेनामा समावेश भएका गोर्खाहरूले प्रथम र दोस्रो विश्वयुद्धलगायत विभिन्न लडाईंमा बेलायत र भारतका लागि लडेका थिए। सन् १९४७ को त्रिपक्षीय सन्धि (नेपाल, भारत, बेलायत) अनुसार गोर्खा रेजिमेन्टको बाँडफाँड भएको थियो।

सन् २०२२ मा भारतले ल्याएको ‘अग्निपथ योजना’पछि नेपाल-भारत सम्बन्धमा कूटनीतिक तनाव सुरु भएको हो। ४ वर्षको सीमित सेवा अवधि, निवृत्तिभरणको अभाव र अवकाशप्राप्त युवाको भविष्यबारे नेपालले चिन्ता जनाएसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती हाल अवरुद्ध छ।

यसैबीच बेलायतले ‘किंग्स गोर्खा आर्टिलरी युनिट’ गठन गर्ने घोषणा गरेको छ। बेलायती सेनामा रहेको भर्ती संकट र रुस-युक्रेन युद्ध तथा इन्डो-प्यासिफिकमा चीनको बढ्दो प्रभावजस्ता भू-राजनीतिक चुनौतीलाई यसको कारण मानिएको छ।

विश्लेषकहरूका अनुसार यो भारतका लागि सतर्कताको संकेत हो । नेपालसँगको सम्बन्ध सामान्य नभई भर्ती समस्या समाधान नभएमा अन्य छिमेकीहरुले नेपालमा प्रभाव बढाउने जोखिम रहन्छ, जसले भारतको रणनीतिक स्वार्थमा असर पुर्‍याउन सक्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link