Skip to content
Pokharapress Logo
९ असार २०८३, मंगलवार

गोर्खा भर्तीमा भारत-बेलायतबीच कूटनीतिक तनाव, बेलायतले नयाँ युनिट गठन गर्ने

loading views..
Nepal Telcome

पोखरा,१० असार।गोर्खा सैनिकको भर्तीलाई लिएर भारत र बेलायतबीच चलिरहेको भू-राजनीतिक तनावले फेरि चर्चा पाएको छ। भारततर्फ गोर्खा भर्ती ठप्प रहेकै बेला बेलायतले आफ्नो सेनामा नयाँ गोर्खा एकाइ गठन गर्ने घोषणा गरेको छ।

सन् १८१४–१६ को एग्लो-गोर्खा युद्धपछि बेलायती सेनामा समावेश भएका गोर्खाहरूले प्रथम र दोस्रो विश्वयुद्धलगायत विभिन्न लडाईंमा बेलायत र भारतका लागि लडेका थिए। सन् १९४७ को त्रिपक्षीय सन्धि (नेपाल, भारत, बेलायत) अनुसार गोर्खा रेजिमेन्टको बाँडफाँड भएको थियो।

सन् २०२२ मा भारतले ल्याएको ‘अग्निपथ योजना’पछि नेपाल-भारत सम्बन्धमा कूटनीतिक तनाव सुरु भएको हो। ४ वर्षको सीमित सेवा अवधि, निवृत्तिभरणको अभाव र अवकाशप्राप्त युवाको भविष्यबारे नेपालले चिन्ता जनाएसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती हाल अवरुद्ध छ।

यसैबीच बेलायतले ‘किंग्स गोर्खा आर्टिलरी युनिट’ गठन गर्ने घोषणा गरेको छ। बेलायती सेनामा रहेको भर्ती संकट र रुस-युक्रेन युद्ध तथा इन्डो-प्यासिफिकमा चीनको बढ्दो प्रभावजस्ता भू-राजनीतिक चुनौतीलाई यसको कारण मानिएको छ।

विश्लेषकहरूका अनुसार यो भारतका लागि सतर्कताको संकेत हो । नेपालसँगको सम्बन्ध सामान्य नभई भर्ती समस्या समाधान नभएमा अन्य छिमेकीहरुले नेपालमा प्रभाव बढाउने जोखिम रहन्छ, जसले भारतको रणनीतिक स्वार्थमा असर पुर्‍याउन सक्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link