Skip to content
Pokharapress Logo
९ भाद्र २०८३, मंगलवार

प्रधानमन्त्री शाह भोलि पनि कालो चस्मामै संसद बैठकमा उपस्थित हुने, आँखा समस्याबारे सचिवालयलाई पत्र

loading views..
Nepal Telcome

काठमाडौं,९ भदौ। प्रधानमन्त्री बालेन्द्र शाह भोलि बुधबार फेरि कालो चस्मा लगाएरै संसद बैठकमा उपस्थित हुने भएका छन्। प्रधानमन्त्री शाह भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सहभागी हुनेछन्, जहाँ सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरूमार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन पहिल्यै निर्देशन दिइसकेका छन्। कालो चस्मा लगाउनैपर्ने अवस्था भए स्वास्थ्य परीक्षण प्रतिवेदनसहित कारण खुलाउन पनि उनले आग्रह गरेका थिए। यस्तो निर्देशन र आग्रहका बावजुद प्रधानमन्त्री शाह भने कालो चस्मामै संसदमा प्रवेश गर्ने भएका हुन्।
प्रधानमन्त्रीले भने कालो चस्मा लगाउनुपर्नाको कारण खुलाउँदै संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्। आँखामा समस्या रहेकाले कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै उनले स्वास्थ्य प्रतिवेदन नै संसद सचिवालयमा पठाएका हुन्।
उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्री शाहले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा गएको साउन २२ गते आँखा परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले उनको आँखा परीक्षण गरेका थिए।
आँखा परीक्षण प्रतिवेदनअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रप प्रयोग गरिरहनुपर्ने समेत उल्लेख छ। यसै आधारमा कालो चस्मा लगाउनुपर्ने बाध्यता रहेको जनाउँदै प्रधानमन्त्रीले संसद सचिवालयलाई जानकारी गराएका हुन्।
गौरतलब छ, प्रधानमन्त्री शाह अहिलेसम्म संसद बैठकमा सहभागी हुँदा हरेकपटक कालो चस्मा नै लगाएका थिए, जसलाई लिएर संसदको मर्यादा र अनुशासनसम्बन्धी बहस समेत चलिरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link