कोरोना विमाको साढे चार अर्ब भुक्तानी भयो।

कोरोना विमाको साढे चार अर्ब भुक्तानी भयो।

  • शुक्रबार, फाल्गुन २८ २०७७

पोखरा।बिमा समितिले कोरोना बिमाबापत हालसम्म साढे ४ अर्ब भन्दा बढी भुक्तानी भएको जनाएको छ । समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कोरोना बिमा दाबीबापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको हो । समितिका अनुसार कारोना बिमामा ८४ हजार ८४७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका ३ हजार ६३९ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् ।

१० हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । १० हजार ९४६ वटा दाबी भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) बाट स्वीकृत हुने प्रक्रियामा छ । ४ हजार २३३ वटा दाबीका फाइल अध्ययनका लागि पठाइने क्रममा रहेको समितिले जनाएको छ । त्यस्तै, ४८२ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण ‘नो क्लेम’मा राखिएको छ । १४ हजार ३९३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बिमा समितिले जनाएको छ ।नेपाली पैसाबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.