काश्की।नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ (एनजीएम) ले आइतबार दुईवटा प्रिमियम मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले हिरोको एक्स्ट्रिम १६० आर र हंक १५० आर गरी दुई नयाँ मोडलका उत्पादन सार्वजनिक गरेको हो।
युवालाई प्रिमियम र प्राविधिकरूपमा अत्याधुनिक उत्पादन उपलब्ध गराउने उद्देश्यले कम्पनीले दुई मोटरसाइकल ल्याएको जनाएको छ।
एक्स्ट्रिममा आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण सँगै पर्फमेन्स, स्पोर्टिनेस र अन्य विशेषताहरू थप गरिएको कम्पनीले जनाएको छ।
सार्वजनिक गरिएका दुवै नयाँ मोटरसाइकलमार्फत चालकले स्टाइल र राइडिङमा छुट्टै अनुभव लिनसक्ने जनाइएको छ। कम्पनीका अनुसार हिरो एक्ट्रिम १६० आरको जार मूल्य तीन लाख ३९ हजार रुपैयाँ तोकिएको छ भने हंक १५० आरको मूल्य दुई लाख ७९ हजार पाँच सय रुपैयाँ राखिएको छ।
ग्राहक सेवालाई मध्यनजर गर्दै कम्पनीले निरन्तर रुपमा बजार सुहाउँदो उत्पादन ल्याउँदै आएको कम्पनीका बिजनेश प्रमुख सञ्जय भानले बताए । उनी भन्छन्,’यी दुई नयाँ उत्पादनहरूको साथ हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवै उत्पादन मन पराउनुहुने कुरामा हामी विश्वस्त छौं ।’
उनका अनुसार, एक्सट्रिम १६० आरले विश्व बजारमा राम्रो प्रदर्शन गर्दै आएको छ भने हंक १५० आरमा केही विशेष फर्स्ट–इन–क्लास विशेषता समावेश गरिएको छ।
हिरोले सार्वजनिक गरेका दुई मोटरसाइकलहरुमा यस्ता विशेषता छन्ः
हिरो एक्स्ट्रिम १६० आर
१६० सीसी एयर कुल्ड बीएस–सिक्स मापदण्डको इन्जिन जडान गरिएको यो मोटरसाइकलमा अत्याधुनिक प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सन जडान गरिएको छ।
मोटरसाइकलमा १५ बीएचपी (ब्रेकिङ हर्स पावर) सहित ८५०० आरपीएम (रिभोलुशन पर मिनेट) पावर आउटपुट प्रदान क्षमता रहेको कम्पनीले जनाएको छ। तीव्र गतिका वर्गमा ‘द्रूत लेन’ मा समावेश हुँदै ४.७ सेकेन्डमा प्रतिघण्टा ६० किलोमीटरसम्मको गति प्रदान गर्ने क्षमता रहेका कारण यो मोटरसाइकललाई ‘पावर–टु–वेट–रेसियो’ मानिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो मोटरसाइकलको वजन एक सय ३८ केजि रहेको छ।
मोटरसाइकलमा जडान गरिएको डायमण्ड फ्रेम सेटअप मार्फत चालकले असाधारण ह्याण्डलिङको (कर्नर ह्याप्पी )अनुभव लिन सक्ने कम्पनीले जनाएको छ। सडकका लागि ईन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ ।
३७ मिलीमीटर ‘एमएम’ टेलिस्कोपिक फ्रन्ट फोकस र सात तहको रियर मोनो–सक सस्पेन्सन सेटअप गरिएको मोटरसाइकलमार्फत सटिक ह्यान्डलिङ र आरामदायी अनुभव लिन सकिने कम्पनीले जनाएको छ। यसैगरी मोटरसाइकलमा जडान गरिएको दुई सय ७६ एमएम फ्रन्ट पेडल डिस्क र दुई सय २० एमएम पछाडिको पेडल डिस्क ब्रेकले सवारी चालकले सहजै नियन्त्रण गर्न सक्नेछन्। मोटरसाइक्लको ग्राउण्ड क्लियरेन्स एक सय ६५ एमएम रहेको छ।
मोटरसाइकलमा डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विच सहितको एलईडी इन्डिकेटर र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल ल्याम्प जडान गरिएको छ। इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड ईन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा अत्याधुनिक र सुरक्षित रहेको कम्पनीको दाबी छ।
यो मोटरसाइकल हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रन्ट ब्लू र स्पोर्टस् रेड लगायत तीन रङमा उपलब्ध छन्।
हिरो हंक १५० आर
१४९ सीसीको एयर–कूल्ड इन्जिनयुक्त यो मोटरसाइकलको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ। ‘रियल वर्ल्ड’ वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले मोटरसाइकलमा डायमण्ड ट्यूबलर फ्रेम राखिएको छ। यसमार्फत कर्नर र सिधा सडकहरूमा सटीक ह्यान्डलिङ र स्थिरता कायम हुने कम्पनीले जनाएको छ। १३०/ ७० एमएम रेडियल रियर टायर जडान गरिएको मोटरसाइकल सबै किसीमका सडकमा चलाउन सकिने कम्पनीले जनाएको छ।
मोटरसाइकलले वर्गकै पहिलो (फस्र्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ट ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको मोनो–शक सस्पेन्सन जडान गरिएको छ।
चालक सुरक्षालाई मध्यनजर गर्दै मोटरसाइकलमा ‘फस्र्ट इन क्याटोगोरी’ अन्तर्गत सुरक्षित वैकल्पिक सिंगल–च्यानल एबीएस जडान गरिएको छ।नयाँ एलोइ व्हील डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक समावेश गरिएको मोटरसाइकलमार्फत सबै किसिमका राइडिङ गर्न सकिने कम्पनीको दाबी छ।
मोटरसाइकलमा स्पोर्टी डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डर लगायत विशेषता समावेश गरिएको छ।
आक्रामक आवारण र मस्कुलर ईन्धन ट्यांक समावेश गरिएको मोटरसाइकलमा चिसेल्ड रियर काउल, वल्फ आइ एलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाईडसहित एलईडी टेललाईट लगायत सुविधा जडान गरिएका छन्।
कम्पनीका अनुसार हंक १५० आर एनएच १ ब्ल्याक, स्पोर्ट्स रेड र टेक्नो ब्लू लगायत तीन रंगमा उपलब्ध छन्।
हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याोउँदै आएको छ ।
कम्पनीले एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ लगायत स्कूटर विक्री गर्दै आएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.