Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

माधव समूहको भेलामा नजान उप प्रधानमन्त्री पोखरेलको अपिल

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा (एमाले) माधव नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाप्रति पार्टी अध्यक्ष केपी ओली समूहले आपत्ति जनाएको छ। केपी ओली समूहले माधव नेपाल पक्षले आयोजना गरेको भेलामा जानेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले चैत ४ र ५ गते भेलाको आयोजना नगरेको बताएका छन्। हाचिव ईश्वर पोखरेलले ४ र ५ चैतमा एमालेले राष्ट्रिय भेला आयोजना नभएको भन्दै गुटगत भेलामा नगर्न र नगराउन अनुरोध गरेका छन्। नेपाल समूहले भोलि र पर्सि राष्ट्रिय भेला आयोजना गरेको जानकारी दिँदै सबै नेता कार्यकर्तालाई सहभागी हुन आह्वान गरिरहेका बेला ओली पक्षले यस्ता भेलामा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको हो।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, पोखरेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना गरिएको छैन।’

नेपाल समूहले आयोजना गरेको भेलामा सहभागी नहुनसमेत पोखरेलले निर्देशन दिएका छन्। उनले भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link