Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्डद्वारा तत्काल प्रधानमन्त्री नबन्ने घोषणा

loading views..
Nepal Telcome

सिन्धुली। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीवार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्।

उनले भने, ‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ । सहमति अब धेरै टाढा छैन’, लोकतन्त्र, समावेशी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए। प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जित हुने बताए। अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमानदार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताए।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link