Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आइपीओ जारी गर्ने

loading views..

पोखरा। रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
loading views..

arrow प्रतिक्रिया दिनुहोस्