Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

माधवकुमार नेपाललाई खड्ग ओलीले पार्टीबाट घोकऱ्याउँदै!

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना लागि पार्टीको ढोका बन्द भएको बताएका छन्। बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले भने, ’तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ढोका बन्द गरिएको छ। पार्टीभित्र लोकतन्त्र नहुँदा म चिन्तित छु। तर कठोर निर्णयका लागि, चुनौती सामना गर्न तयार छु।’

सर्वोच्च अदालतले आफूलाई नेकपाबाट घोक्र्याएर एमालेमा पठाइदिएको उनले बताए। सर्वोच्चले बडो विचित्रको फैसला गरेको बताए। पार्टीको कुरा डबलीमा भन्न मलाई गाह्रो छ। त्यहाँबाट पनि घोक्र्याएर निकालिएला। तर डराउने मान्छे होइन माधव नेपाल,’ नेता नेपालले भने।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link