Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

loading views..
Nepal Telcome

पोखरा। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ।जिल्लाप्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क सेनेटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सतर्कता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्।  

फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता गन्जी सर्वसाधारणले किन्न थालेका छन्।रौतहटका मुख्य बजार सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, बंकुल, कटहरिया, शिवनगर, मौलापुर, माधोपुर, मलाही, सुकदेव चौकलगायत अन्य ग्रामीण बजारमा पनि होलीका सामान किन्नेको भीड लागेको छ।होलीका लागि आवश्यक सामग्री किन्न गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष मेला नै लाग्ने गरेको छ।  

गत वर्ष लकडाउनले बजारदेखि सर्वसाधारणको जीवन प्रभावित भएकाले यसपल्ट भने होलीको समयमा व्यापारमा केही सुधार आएको तापनि व्यवसायीमा उत्साह देखिएको छैन।

थोक विक्रेताले गत वर्षभन्दा पनि कम व्यापार भएको बताइरहेका छन्। नागरिक दैनिकमा खबर छापिएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link