Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

गण्डकी प्रदेशका प्राय: शैक्षिक संस्था सञ्चालनमा

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेशका पहाडी जिल्लाका अधिकांश विद्यालयको पठनपाठनमा वायु प्रदूषणले प्रभाव पारेन। सरकारले देशैभर वायु प्रदूषण बढेको भन्दै मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्न निर्देशन दिए पनि गण्डकीका नवलपुर र कास्कीबाहेकका जिल्लामा विद्यालय सञ्चालन गरिएका छन्। सरकारले चार दिन विद्यालय बन्द गर्न निर्देशन दिएलगत्तै सोमबार नै तनहुँको भिमाद नगरपालिकाले वायु प्रदुषणको प्रभाव नरहेको भन्दै विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको थियो।

मंगलबार बागलुङ सदरमुकाम रहेको बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । वायु प्रदुषणको खासै असर नपरेको भन्दै विद्यालय नियमित सञ्चालन गर्न दुई पालिकाले निर्देशन दिएका हुन्। वायु प्रदूषणको असर नदेखिएको तथा लामो समयदेखि कोरोनाका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको र विस्तारै शिक्षण सिकाई क्रियाकलापहरू शुरू भएको हुँदा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठनलाई निरन्तरता दिनुपर्ने निर्णय गरिएको बागलुङ्का नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले जानकारी दिए।

यस्तै, बागलुङकै बरेङ गाउँपालिकाको पाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको मङलबार बसेको बैठकले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकामा समस्या पर्ने भन्दै आजदेखि चार दिनको लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link