चन्द्रागिरीको सेयर मूल्य २५ सय भन्दा माथि

चन्द्रागिरीको सेयर मूल्य २५ सय भन्दा माथि

  • बिहिबार, चैत्र २६ २०७७

बुधबार नेप्से परिसूचक २.८५ अंकले घटेर २६७१.६१ विन्दुमा अडिएको छ ।माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन लगायतका समूहमा वृद्धि देखिएको छ । सात वटा समुहमा भने गिरावट आएको छ । ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२७ करोड ६३ लाख रुपैयाँ कारोबारसहित निफ्रा सबैभन्दा अघि छ । यस्तै, दोस्रो र तेस्रोमा क्रमशः चिलिमे हाइड्रोपावर छिमेक लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

महिला लघुवित्त वित्तिय संस्था, चन्द्रागिरी हिल्स र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य  सबैभन्दा बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.