Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

कर्णाली प्रदेशमा चार एमाले सांसदको संसद पद चैयट!

loading views..
Nepal Telcome

पोखरा । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरि हटाउने सिफारीस गरेकाे छ। सुर्खेतमा बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए।

दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले जानकारी दिए। सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने राजनीतिक अपराधीहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’ शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए।

उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन।’ उनले विधानअनुसार प्रदेशले केन्द्रलाई सिफारिस गर्नसक्ने व्यवस्था रहेको र त्यहीअनुसार कारबाहीका लागि सिफारिस गरिएको हो। अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका माधव नेपाल पक्षका चार सांसदले आज विश्वासको मत दिएर पद जोगाइ दिएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link