Skip to content
Pokharapress Logo
२८ बैशाख २०८३, सोमबार

रोकिएका परीक्षा अनलाइनबाट लिन अनेरास्ववियू क्रान्तिकारीको माग!

loading views..
Nepal Telcome

पोखरा। अनेरास्ववियू क्रान्तिकारीले कोभिड- १९ बाट रोकिएका परीक्षा अनलाइन माध्यमबाट गर्ने व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै कक्षा पनि भर्चुलअल माध्यमबाट सञ्चालन गर्न माग गरेका छन् ।

“निषेधाज्ञाका कारण स्थगित पढाइ, परिक्षाहरुलाई अनलाइन र भर्चुअल विधिमार्फत गर्ने व्यवस्था मिलाउन, निषेधाज्ञा अवधिको शिक्षण शुल्क राज्यले बहन गर्न, विद्यार्थी एवम् आम जनतालाई स्वास्थ्य बिमाको व्यवस्था मिलाउन, पर्याप्त खोपको व्यवस्था मिलाई सबैलाई उपलब्ध गराउन, कोरोना संक्रमण रोक्न प्रभावकारी योजना बनाउन सरकारलाई बिशेष ध्यानाकर्षण गराउदछौँ,”  विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सरकार उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउन अनेकौ हथकण्डामा व्यस्त भएको उसको आरोप छ । सरकार कोभिड-१९ बाट आक्रान्त जनजीविकाप्रति जिम्मेवार बन्नुको सट्टा रमिते बनिरहेको विज्ञप्तिमा उल्लेख छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link