Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माधव-खनाल पक्षका सांसदहरुले आज साममुहिक राजिनामा दिने

loading views..
Nepal Telcome

पोखरा।प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको र सच्चिनुपर्ने माग राख्दै असन्तुष्ट बनेको खनाल–नेपाल पक्षका सांसदहरुले सामुहिक राजिनामा दिने निर्णय गरेका छन् ।

आउँदो २७ गते प्रधानमन्त्री केपी शर्माले संसदको विषेष अधिवेशन आव्हान गर्दै विश्वासको मत लिने एकतर्फी निर्णय गरेपछि निर्णायक बनेको खनाल–नेपाल पक्षले पार्टी एकताका लागी अन्तिम प्रयास गर्दा समेत ओली सच्चिन तयार नभएको भन्दै सामुहिक राजिनामाको निर्णयमा पुगेको बताएका हुन् । उनीहरुले आइतबार सामुहिक राजिनामा दिने तयारी गरेका हुन् ।

संसदमा १ सय २१ सिट रहेको एमालेबाट यो समुहका २० जना  सांसदहरुले सामुहिक राजिनामा दिानासाथै ओलीको बहुमत गुम्ने छ भने विपक्षी गठबन्धनको सरकार निर्मार्णको बाटो खुल्ला हुनेछ ।

सर्वोच्व अदालतले नेकपालाई एमाले रमाओवादी बनाईदिएपछि पार्टीमा एकलौटी निर्णय गर्दै आएका ओलीका लागी यो समुहको राजिनामाले ठुलो धक्का पैदा हुनेछ । पार्टी र नेतृत्वको ०७४ कै एमालेको संरचनामा फर्कनुपर्ने मागमा रहेको खनाल–नेपाल समुहका नेताहरुलाई ओलीले कारवाहीको तयारीस्वरुप स्पष्टीकरण सोधेका छन् भने नेपाल लगायत झण्डै आधा दर्जन नेताहरुलाई निलम्बन गरेका छन् ।

पार्टीको स्थायी समिति तथा जिम्मेवारीहरुमा कहिंपनि खनाल–नेपाल पक्षका नेताहरुलाई जिम्मा दिइएको छैन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link