टेलिकमका ग्राहकका लागि व्यालेन्स ट्रान्सफर, रिचार्ज र गिफ्ट प्याकेज लिने तरिका

टेलिकमका ग्राहकका लागि व्यालेन्स ट्रान्सफर, रिचार्ज र गिफ्ट प्याकेज लिने तरिका

  • शुक्रबार, जेष्ठ ७ २०७८

पोखरा। नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि घरमै बसी विभिन्न तरिकाले रिचार्ज, ट्रान्सफर र गिफ्ट प्याकेजका सुविधा उपलब्ध गराएको छ । निषेधाज्ञाको समयमा वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने भएकाले यस्ता सुवधा लिने तरिका थाहा पाइराख्न जरूरी छ ।

१. व्यालेन्स ट्रान्सफर – नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ ।

२. रिचार्ज कार्डको प्रयोग – बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ ।

३. गिफ्ट प्याकेज – नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।

नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.