Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

जसपा बैठकः विधान अनुमोदन, सांसदमाथि कार्वाही, दल नेता चयन गर्न समिति गठन

loading views..
Nepal Telcome

पोखरा।जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।

दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला श्रेष्ठ छन् । बैठकले पार्टी कार्यालय सचिव तथा कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालत मुद्दा–मामिला हेर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय बैठकले गरेको छ । बैठकको निर्णयअनुसार प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाइने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

पार्टीमा लामो समयदेखिको आधिकारिता विवाद सोमबार निर्वाचन आयोगले ‘हेट काउण्ट’ गर्दै टुंगो लगाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि मंगलबार कार्यकारिणी समिति बैठक बसेको हो । यसैबीच, आधिकारिता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपा आधिकारिता नपाएपछि ठाकुर पक्षको मंगलबार संसदिय दल र कार्यकारिणी समिति बैठक बसेको थियो । राजधानी दैनिकमा खबर छापिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link