Skip to content
Pokharapress Logo
२७ कार्तिक २०८३, शुक्रबार

फेरि प्रदेश प्रमुख फेरिए!सरकार भागबण्डामा अभ्यस्त

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।देउवा नेतृत्तवको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो ।  प्रदेश प्रमुख फेर्नका लागि सत्तारुढ गठबन्धनका दलले भागबण्डा गरेका छन् । भागबण्डा अनुसार प्रदेश नम्बर १ मा परशुराम खापुङ, सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बन्न लागेका हुन् ।

सुदूरपश्चिममा कांग्रेसको भागबाट पूर्वसभासदसमेत रहेका जोशी, प्रदेश १ मा पूर्वसभासदसमेत रहेका जसपाको भागबाट खापुङ र कर्णालीमा माओवादी केन्द्रको भागबाट परियार प्रदेश प्रमुख बन्ने भएका हुन् । परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । सरकारले बागमती, प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिसकेको छ ।

माओवादी र एमालेबीच पार्टी एकता भंग भएपछि केपी ओली नेतृत्वको सरकारले परियारलाई हटाएको थियो । सरकारले यसअघि केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेर नियुक्त भएका प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनीलाई हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । उनीहरु तीनै जना एमालेनिकट हुन् ।

सरकारले तीनै जनालाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जनाएको छ ।   ईकागजबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link