Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

जेआर इष्टले सिन्कान्सेनको टिकटमा पचास प्रतिशत छुट दिंदै

loading views..
Nepal Telcome

टोकियो।कोरोना भाइरसको महामारीका कारण जापानमा विदेशी पयर्टकको आगमनमा रोक लागेको छ । विदेशी पयर्टक नआएपछि जापानका पयर्टन एजेन्सीहरुले स्थानीय पयर्टकहरुलाई घरेलु स्तरमा यात्रा गर्नका लागि आकर्षित गर्ने विशेष खालका अफरहरु ल्याइरहेका छन् । इष्ट जापान रेल्वे कम्पनी (जेआर इष्ट)ले छानिएका शिन्कान्सेन र लिमिटेड एक्सप्रेस रेलका टिकटमा ५० प्रतिशत छूट दिइरहेको छ । यो प्रवद्र्धन कार्यक्रम अहिलेको लागि यस वर्षको डिसेम्बर १५ सम्म चल्नेछ ।

नागानो, निगाता र तोहोकु क्षेत्रमा यात्रा गर्ने छानिएका जेआर इष्ट शिन्कान्सेन र लिमिटेड एक्सप्रेस लाइनहरुमा भारी छूट उपलब्ध रहेको छ । तर स्मरणीय कुरा के छ भने आधा छूट यात्रा गर्न जानु भन्दा २० दिनदेखि एक महिनाअघि आधिकारिक जेआर इष्ट वेबसाइटबाट किनिएको टिकटमा मात्रै लागू हुनेछ । हरेक रेलमा छूटका लागि सीमित संख्यामा टिकटहरु उपलब्ध छन् । यो अहिलेसम्म जापानमा देखिएको मध्ये सबैभन्दा उत्कृष्ट शिन्कान्सेल अफर हो ।

टोकियोबाट आकितासम्मको एक तर्फी शिन्कान्सेन टिकटको लागि प्रायः १७ हजार ९२० येन तिर्नु पर्दछ । तर यसलाई प्रवद्र्धन अवधिको बेलामा ८ हजार ९५० येनमा किन्न सकिनेछ । महँगो तिर्नु भन्दा कम्पनीको वेबसाइटबाट किन्नुमा नै फाइदा छ नि होइन । यस अभियानको हिस्साका रुपमा रहेका रेल र गन्तव्यको सूचि यस प्रकार रहेका छन् । थप जानकारी लागि यो लिंकमा पनि हेर्न सक्नु हुनेछ । यो लिंक जापानी भाषामा मात्रै छ ।

शिन्कान्सेन:

हायाबुसा, हायाते (टोकियो र मोरिओका/शिन–आओमोरी/शिन–हाकोदाते होकुतोबीच), यामाबिको (टोकियो र सेन्डाई/मोरिओकाबीच), नासुनो (टोकियो र नासुशिओबारा बीच), सुबासा (टोकियो र यामागाता बीच), कोमाची (टोकियो र आकिता बीच), तोकी/तानिगावा (टोकियो र निगाताबीच), कागायाकी (टोकियो र कानजावाबीच), हाकुताका (टोकियो र शिन–ताकाओकाबीच), आसामा (टोकियो र नागानोबीच)

लिमिटेड एक्सप्रेस रेल:

हिताची (टोकियो र सेन्डाईबीच), इनाहो (निगाता र सुरुओका/आकिताबीच), आजुसा/काइजी (टोकियो र मासुमोतोबीच), ओदारिको (टोकियो र इजुक्यु–शिमोदाबीच), वाकाशिओ/साजानामी/शिओजाई (टोकियो र चोशी/आवा–खामोगावाबीच), कुसासु (टोकियो र नागानोहारा/कुसासुगुचीबीच), सुगारु (आकिता र शिन–ओमोरीबीच) ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link