सेयर बजारमा सुधारको संकेत!निफ्रामा लगानी गर्ने सही समय

सेयर बजारमा सुधारको संकेत!निफ्रामा लगानी गर्ने सही समय

  • बुधबार, मंसिर १ २०७८

पोखरा। साताको तेस्रो दिन हिजो मंगलबार शेयरबजारमा दोहोरो अंकको सुधार आयो ।

सोमबार २६ अंकले बढेको नेप्से मंगलबार ६९ अंकले बढेर २७ सय ८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनायो।

नेप्सेमा सुधार सँगै मंगलबारको कारोबार रकममा पनि थोरै सुधार भयो । मंगलबार २ सय २७ कम्पनीका १ करोड ९३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइ हाइड्रोपावर, माथिल्लो तामाकोसी, मैलुङखोला जलविद्युत्, मानुसी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनायो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.