Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी

loading views..
Nepal Telcome

पोखरा। नेकपा (माओवादी केन्द्र)ले आज देशभरीका वडाहरुमा नेतृत्व चयन गर्दैछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पुरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

यस्तै निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको पनि बताइएको छ । आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ।

यस्तै निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब ३ लाख कार्यकताहरु विभिन्न तहमा निर्वाचित हुने जनाएको छ। ८ हजार भन्दा बढी समितिहरु गठन हुनेछन्।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको छ । माओवादीले करिब ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गरेको बताएको छ।७ लाख ३५ हजारले अनलाइनमै इन्ट्री गरिसकिएको बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link