Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

प्रचण्ड नेतृत्व छोड्न तयार ! तथापि नेतृत्व लिन कोही भएन तयार!

loading views..
Nepal Telcome

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई छिटो भन्दा छिटो नेतृत्व छोड्न मन भएको बताएका छन्।

हिजो काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व छोडेर आफ्नो अनुभव लेख्न मन लागेको बताए।
‘मलाई नेतृत्व छिटो भन्दा छिटो छोड्न मन छ। साच्च्किै हो। छोडेर किताब लेखेर बस्न पाए। अहिलेसम्म गरेको अनुभवको संस्मरण लेख्ने मन छ’ प्रचण्डले भने, ‘यसो हेर्छु दायाँबायाँ छाँटकाँट देख्दिन। बेला भएको छैन भन्ने लाग्छ। आफ्नो अन्तर आत्माले मान्दैन।’

तर, अब विस्तारै उत्तराधिकारी लाखौंको संख्यामा छन् भन्नेमा आफू विश्वस्त रहेको उनले बताए। ‘लिडरसिप कसैले रातारात चाहँदैमा हुने कुरा होइन। कसैले नचाहँदैमा नहुने कुरापनि होइन। त्यो इतिहास र आन्दोलनले बनाउने हो। जनताले बनाउने कुरा हो। लामो सघर्ष र अनुभवबाट बन्ने कुरा हो।’

यो गणतन्त्र ल्याउन ज्ञानेन्द्र शाहको नेगेटिभ रोल भएको उनले उनले बताए। ज्ञानेन्द्रको नेगेटिभ र माओवादीको पोजेटिभ रोलको फ्यूजनले गणतन्त्र आएको प्रचण्डको भनाइ छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link