Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

रामचन्द्र पौडेलले सन्यास लिंदै!

loading views..
Nepal Telcome

पोखरा। नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि संस्थापन इतर समूहको साझा उम्मेदवार तय गर्न बुधबार बसेको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन् । साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति हुन नसकेपछि पौडेलले सके मिलौ नसके आफू राजनीतिबाट नै सन्यास लिने अभिव्यक्ति दिएका छन् ।  डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबीबाट पछाडि नहटेपछि पौडेल आक्रोसित भएका थिए । उनले भने  ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्यास लिन दिनोस् ।’ पौडेल आक्रोसित रुपमा प्रस्तुत भएको रामशरण महतले बताएका छन् । सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतका नेताहरु सहभागी थिए । प्रकाशमानले सभापतिको दावी नछाड्ने बरु एक्लै चुनाव लड्ने भनेपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link