Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेको इन्स्योरेन्स कम्पनीले नै ‘ब्लूबुक’ नविकरण गरी दिने

loading views..
Nepal Telcome

पोखरा। नेको इन्सुरेन्सले आफ्ना सेवाग्राहीको ब्लूबुक नविकरण गरिदिने स्कीम संचालनमा ल्याएको छ । कम्पनीले विशेष गरेर मोटरसाइकल र स्कुटरको बीमा गर्दा ब्लूबुक नविकरण गरिदिने स्कीम ल्याएको हो ।

हरेक वर्ष यातायात कार्यालय धाएर गर्नु पर्ने ब्लूबुक नविकरण इन्स्योरेन्स कम्पनीले नै लगेर गरिदिने छ । यसले ग्राहकलाई धेरै झन्झट मुक्त बनाउने कम्पनीले विस्वास लिएको छ ।

नेको इन्स्योरेन्स पछिल्ला वर्षमा आक्रमक तरिकाले मोटर बीमा संकलन गर्दै आएको कम्पनी हो । कम्पनीका अनुसार सेवाग्राहीले ब्लूबुक र भुक्तानी सरकारी राजस्व वापत लाग्ने रकम इन्स्योरेन्स कम्पनीमा छाडेपछि कम्पनीका प्रतिनिधि गएर नविकरण गरिदिने छन् । नयाँ तथा पुराना सबै इन्सुरेन्स सेवा ग्राहीले उक्त सुविधा उपयोग गर्न पाउने छन् ।

ब्यस्त दैनिकी भएका धेरै सेवाग्राहीले यो सुविधाबाट लाभ लिन सक्ने कम्पनीको भनाई छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link