करिब ११लाखले भरे प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ

करिब ११लाखले भरे प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ

  • शुक्रबार, पौस ३ २०७७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेकाो प्राथमिक सेयर(आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनको अन्तिम दिन आज बिहीबार साढे ४ बजेसम्ममा १० लाख ४४ हजार आवेदकले कम्पनीको सेयरको लागि आवेदन दिएका हुन् ।

गत मंसिर २९ गतेदेखि निष्काशन बिक्री खुला भएको उक्त आईपीओमा हालसम्म २ अर्ब ७७ करोड रुपैयाँ बराबर अर्थात २ करोड ७७ लाख कित्ता सेयरको लागि आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ५.१२ गुणा बढी आवेदन हो । तर यो प्रारम्भिक तथ्याङ्क भएकाले अन्तिम तथ्याङ्कमा केही तलमाथि हुने क्यापिटलले जानकारी गराएको छ ।

 

कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेको थियो।जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरेर ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिएको कुरा जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.