Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

आज नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बठैक बस्दै

loading views..
Nepal Telcome

पोखरा।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफल हुनेछ । राष्ट्रिय सभा सदस्य चुनावको समीक्षा, स्थानीय तहको चुनाव लगायत समसामयिक राजनीतिक पनि छलफल हुन सक्ने बताइएको छ ।

संस्थापन इतर पक्षका नेताले पार्टीभित्र छलफल नै नगरि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सो विषयमा पार्टीभित्र छलफल हुनुपर्ने उनीहरुको माग थियो । त्यसकारण पनि आजको बैठकमा यसबारे कुरा उठ्न सक्नेछ ।

संस्थापतन इतर पक्ष वैशाखमै स्थानीय तह चुनाव हुनुपर्ने पक्षमा छ । चुनावमा अरु दलसँग गठबन्धन गर्न नहुने तर्क पनि संस्थापनइतरको छ । तर संस्थापन पक्ष वैशाख चुनाव नगर्ने र गठबन्धन गर्ने पक्षमा छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link