Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

चिनीमा कालोबजारी सरकार मौन

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

उत्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।

साल्ट ट्रेडिङ्गले चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।

‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दो हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’

सरकारले यसपटक साल्ट ट्रेडिङ्ग चिनी आयातको अनुमति नदिएकाले पनि चिनीमा व्यापारीहरूको मनलाग्दी भएको हो । ‘यदि साल्ट ट्रेडिङ्गसँग मौज्दात चिनी थियो भने व्यापारीले चिनीमा मनलाग्दी गर्न पाउने थिएनन् । उपभोक्ताले पनि अहिलेभन्दा सस्तोमा चिनी उपभोग गर्न पाउँथे,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ भन्छन् ।’

विगतका सरकारले साल्ट टडिङलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिने गरेको थियो । चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति नदिँदा हाल साल्ट टे«डिङसँग बिक्री गर्न चिनी छैन ।

मौज्दात चिनी हुँदा साल्ट टे«डिङले पछिल्लोपटक उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँ ५० पैसामा बिक्री गरेको थियो । साल्ट टे«डिङसँग मौज्दात चिनी हुँदा व्यापारीले उपभोक्तासँग मनपरी मूल्य लिने गरेका थिएनन् । राजधानी दैनिकबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link